बुधबार, भदौ १०, २०८३

प्रकाश मानव अधिकार पुरस्कार डा. विश्वकर्मालाई

यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई दिइने भएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार डा. रुपचन्द्र विश्वकर्मालाई दिइने भएको छ।

विगत तीन वर्षदेखि बाजुरा जिल्ला अस्पतालमा कार्यरत विश्वकर्मालाई उक्त पुरस्कार दिने निर्णय भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले जनाएको छ। पुरस्कारको राखि ५० हजार रुपैयाँ र सम्मान–पत्र छ।

इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभीरमा भएको थाइ एयर दुर्घटनामा निधन भएको थियो।

नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्‍याएको योगदानको स्मरणलाई चिरस्थायी बनाउन इन्सेकले प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको हो।

मानवअधिकार, राजनीति, शिक्षा, स्वास्थ्य तथा सामाजिकलगायतका क्षेत्रमा विशिष्ट योगदान गरेका व्यक्तित्वलाई प्रकाश स्मृति दिवसको अवसर पारेर पुरस्कृत गर्ने गरिन्छ।

यो पुरस्कारबाट हालसम्म २५ जना पुरस्कृत भएको इन्सेकले जनाएको छ।

प्रकाशित: Jul 31, 2020| 07:32 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।