बुधबार, भदौ १०, २०८३

एनआरएन विश्व ज्ञान सम्मेलन असोजमा हुने

सङ्घको स्वास्थ्य समितिले आगामी सेप्टेम्बर महिनाको १८ देखि २० सम्म (असोज २–४) विश्व स्वास्थ्य सम्मेलनको समेत आयोजना गरिने जनाएको छ ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

नेपाल सरकारसँगको सहकार्यमा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) ले आगामी अक्टोबर ९ देखि ११ सम्म (असोज २३–२५) दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन आयोजना गर्ने भएको छ ।

कोभिड–१९ भाइरसका कारण वर्तमान अवस्थामा विश्वमा उत्पन्न जटिल परिस्थिति आगामी दिनमा कस्तो रहन्छ भन्ने पक्षलाई मध्यनजर गरी भौतिकरूपमा वा अनलाइनमार्फत सम्मेलन आयोजना गरिने सङ्घले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौँ विश्वविद्यालयमा सम्मेलन आयोजना गरिने सङ्घले जानकारी दिएको छ ।


सङ्घका उपाध्यक्ष डा. बद्री केसीले हरेक दुई वर्षको फरकमा सङ्घले विश्व ज्ञान सम्मेलन आयोजना गर्ने निर्णय गरेअनुरुप दोस्रो ज्ञान सम्मेलनको आयोजना गर्न लागिएको र सम्भव भएसम्म भौतिक उपस्थितिसहित कार्यक्रम गरिने वा सम्भव नभए अनलाइनका माध्यमबाट अथवा केही अनलाइन र केही भौतिक सहभागितासहित कार्यक्रम सम्पन्न गरिने बताएका छन्।


गैरआवासीय नेपालीको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउन सङ्घले ज्ञान सम्मेलनमार्फत पुलको काम गर्दै आएको उपाध्यक्ष डा. केसीले उल्लेख गरे । नेपालीको बौद्विक लगानीलाई समेत नेपालको विकास र समृद्धिसँग जोड्न ज्ञान सम्मेलन आयोजना हुँदै आएको छ ।


दुई वर्षअघि भएको पहिलो ज्ञान सम्मेलनमार्फत श्वेतपत्र जारी गरेर नेपाल सरकार तथा सरकार सम्बद्ध निकायहरुलाई बुझाइएको उल्लेख गर्दै डा. केसीले सम्मेलनमार्फत तय हुने निर्णयहरु नेपालको विकास र समृद्धिका लागि उपयोगी भएको ठहर सङ्घको रहेको बताए ।

यस पटकको सम्मेलनमा प्रस्तुत हुने विभिन्न विषयसँग सम्बन्धित कार्यपत्रहरुमा विश्वभरका विषय विज्ञसहित नेपालबाट समेत सम्बन्धित विषयका विज्ञलाई जोडिने उनको भनाइ थियो ।

यस पटकको सम्मेलनमा कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात नेपालले अवलम्बन गर्नुपर्ने बाटोका सन्दर्भलाई लिएर विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा चार वटा शीर्षकमा पूरा सत्र र विभिन्न १५ शीर्षकमा गोष्ठी सत्रको आयोजना गरिने सम्मेलनका सह–संयोजक डा. हरिप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार डा. विश्व पौडेल र रञ्जित महतोको संयोजनमा ‘कोभिड–१९ इम्प्याक्ट अन नेपाल्स इकोनोमिक एण्ड पाथ अफ रिकभरी’, डा. द्रोण रसाइली र डा. पुरु श्रेष्ठको संयोजनमा ‘प्रिपेरेशन फर पानडामिक एण्ड नेचुरेल डिजास्टर रिस्क म्यानेजमेन्ट’, डा. उत्तमबाबु श्रेष्ठ र डा. सुरेशकुमार डङ्गोलको संयोजनमा ‘साइन्स टेक्नोलोजी एण्ड इनोभेसन पोलिसी इम्प्लिमेन्टेशन’ तथा डा. राजु अधिकारीको संयोजनमा ‘रिसर्च, इनोभेसन एण्ड कमर्शलाइजेशन’ शीर्षकमा पूरा सत्रका कार्यक्रमहरु आयोजना हुनेछन् ।

यस्तै डा. जगदीश तिम्सिनाको संयोजनमा ‘एग्रिकल्चर एण्ड फुड सेक्युरिटी’, डा. देवी बस्नेतको संयोजनमा ‘वायोमेडिकल टेक्नोलोजिस’, रञ्जित महतो र अनलराज भट्टराईको संयोजनमा ‘फिनान्सियल इन्भेष्टमेण्ट’, डा. ज्ञानेन्द्रप्रसाद जोशी र लोकराज शर्माको संयोजनमा ‘लिभिराजिङ फिनटेक फर इकोनोमिक ट्रान्सफरमेशन’, डा. ज्ञानेन्द्रप्रसाद जोशीको संयोजनमा ‘इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी’, डा. राजु अधिकारी र डा. रामेश्वर अधिकारीको संयोजनमा ‘इनोभेसन एण्ड स्टारटप्स’, डा. तारा सिग्देल र डा. नारायण अधिकारीको संयोजनमा ‘इन्टरसेक्सन इन नेचुरल साइन्सेज’ तथा डा. द्रोण रसाइली र डा. अर्चना अमात्यको संयोजनमा ‘लाइफ एण्ड हेल्थ साइन्सेज’ शीर्षकमा गोष्ठी सत्रको आयोजना हुनेछ ।

यसका साथै रतन झाको संयोजनमा ‘फिजिकल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट’, डा. सञ्जिव सापकोटाको संयोजनमा ‘पब्लिक हेल्थ एण्ड पानडेमिक मिटिगेशन’, डा. कृष्ण अधिकारीको संयोजनमा ‘सोसल साइन्सेज’, डा. विनायक भण्डारीको संयोजनमा ‘सस्टेनेवल इनर्जी’, डा. गोपी उप्रेती र डा. पुरु श्रेष्ठको संयोजनमा ‘सस्टेनेवल इन्भाइरनमेण्ट’, डा. अम्बिका अधिकारी र किशोर थापाको संयोजनमा ‘अर्वान डेभलपमेन्ट’ तथा डा. उत्तम गौली र डा. उमा प्रधानको संयोजनमा ‘भोकेशनल एजुकेशन शीर्षकमा गोष्ठीको आयोजना हुने सङ्घले जानकारी दिएको छ ।

सङ्घले सम्मेलनमा प्रस्तुत हुने शीर्षकमा रहेर आफ्ना अवधारणाहरु कार्यपत्रको रूपमा पेश गर्नसमेत सकिने जनाएको छ । सङ्घले सम्मेलन सम्पन्न गर्नका लागि सङ्घका अध्यक्ष कुमार पन्तसहित सङ्घका पदाधिकारी रहेको व्यवस्थापन समिति, विज्ञ व्यक्तित्वहरुको स्टेरिङ कमिटी तथा सल्लाहकार समिति निर्माण गरेको सङ्घका महासचिव तथा सम्मेलनका संयोजक डा. हेमराज शर्माले जानकारी दिए ।

सङ्घको स्वास्थ्य समितिले आगामी सेप्टेम्बर महिनाको १८ देखि २० सम्म (असोज २–४) विश्व स्वास्थ्य सम्मेलनको समेत आयोजना गरिने जनाएको छ । अनलाइनमार्फत हुने सम्मेलनमा विश्वभर रहेका १०० भन्दा बढी नेपालीमूलका चिकित्सकहरुको सहभागिता रहने बताइएको छ ।

प्रकाशित: Jul 31, 2020| 06:02 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।