मोरङमा मास्क प्रयोग नगर्नेलाई कारबाही गरिने भएको छ ।
जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले मास्क र स्यानिटाइजर प्रयोग नगर्नेलाई कारवाही गर्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रबबहादुर खड्काले बताए ।
स्वास्थ्य, सुरक्षा र यातायात सम्वन्धि मापदण्ड पालना गर्नुपर्ने र २ मिटरको सामाजिक दूरी कायम राखी मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने उनले बताए । आदेशको अपहेलना गर्नेलाई संक्रामक रोग ऐेन २०२० अनुसार कारबाही हुने सहायक प्रजिअ खड्काले बताए ।