पर्सा- वीरगन्जको कोभिड अस्पतालमा उपचाररत ३५ वर्षीय युवकको मृत्यु भएको छ।
गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका-१६, नगवाका मुन्नाकुमार कानुको केही बेरअघि मृत्यु भएको डा. निरज सिंहले जानकारी दिए।
यही साउन ५ गते ज्वरो आएपछि एक निजी क्लिनिकमा चेकजाँज गराएका उनलाई त्यहाँबाट तराई हस्पिटलमा भर्ना गरिएको थियो। तर, स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई बुधबार कोभिड अस्पतालमा ल्याइएको थियो।
उनमा निमोनियाजस्तै (ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने) लक्षण देखिएको चिकित्सकले बताएका छन्।
उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ।