बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक लगाउन गृहको निर्देशन

साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका आवागमनमा रोक लगाउन गृहको निर्देशन

गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश पूर्णरुपमा बन्द गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।

मन्त्रालयले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि उक्त समयमा काठमाडौैं प्रवेश गर्ने यात्रुको आवागमनमा रोक लगाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।

काठमाडौं आउने यात्रुको उपत्यका प्रवेश गर्ने नाकामा कोरोना परीक्षण गर्दा ठूलो संख्यामा पोजेटिभ देखिएपछि मन्त्रालयले रातिको समयमा उपत्यका प्रवेशमा रोक लगाइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

साथै मन्त्रालयले काठमाडौं उपत्यका बाहेकका जिल्ला प्रशासन कार्यालयहरुले पनि अत्यावश्यक काममा बाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिना पास अन्तर जिल्ला आवागमन पूर्णरुपमा बन्द गर्न गराउन निर्देशन दिएको छ। अत्यावश्यक सेवा र ढुवानीमा भने रोक लगाइएको छैन।

सरकारले लकडाउन खोलेसँगै केही दिनयता काठमाडौं प्रवेश गर्ने यात्रु बढेका छन्।

प्रकाशित: Jul 30, 2020| 20:44 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।