बुधबार, भदौ १०, २०८३

जनैपूर्णिमा जात्रा स्थगित

काभ्रेको तेमाल गाउँपालिका-५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काभ्रे- काभ्रेको तेमाल गाउँपालिका-५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ।

कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा सञ्चालन नगर्न तेमाल गाउँपालिकाले निर्देशन गरेको हो।

तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुधबार सूचना जारी गरेर यही साउन १९ गते जनैपूर्णिमाका दिन तेमाल नारायणस्थानस्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्यनारायणको मन्दिरमा जनैपूर्णिमा मेलामा लाग्दै आएको जात्रा कोभिड–१९ को प्रभावका कारण सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो।

सो मेलामा जात्रा हेर्नका लागि तेमाल, रोशी, कोशीपारिलगायत जिल्लाका विभिन्न स्थानबाट मान्छे आउने गर्थे।

यसैबीच पाँचखाल नगरपालिकाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सूचना जारी गर्दै आउँदो सोमबार १९ र मङ्गलबार २० गते सार्वजनिक बिदा दिइने जानकारी दिए। रासस

प्रकाशित: Jul 30, 2020| 19:52 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।