बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमतीमा एकै दिन ५४ जना कोराना संक्रमित (कुन जिल्लामा कति?)

बागमतीमा एकै दिन ५४ जना कोराना संक्रमित (कुन जिल्लामा कति?)

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ४१, धादिङमा चार, भक्तपुरमा दुई, ललितपुरमा दुई, नुवाकोटमा दुई, चितवनमा एक, दोलखामा एक र मकवानपुरमा एक जनामा कोरोना संक्रमण भएको हो।

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६६ पुगेको छ भने ५२४ जना कोरोनामुक्त भएका छन्।  ५३२ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रदेशमा कोरोना भाइरसबाट १० जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार प्रदेशका विभिन्न क्वारेन्टिनमा एक हजार ६५ जना बसिरहेका छन् भने होम क्वारेन्टिनमा बस्नेको संख्या एक हजार ६०९ छ। यस्तै २९४ जना आइसोलेसनमा छन्।

यस्तो छ जिल्लागत रूपमा संक्रमितको विवरण

काठमाडौं – ३९२
ललितपुर – ९१
भक्तपुर – ५५
रसुवा – ११
नुवाकोट – ४०
धादिङ – १४१
चितवन – १२३
सिन्धुली – २४
मकवानुपर – ४७
रामेछाप – ३६
दोलखा – ११
काभ्रे – २२
सिन्धुपाल्चोक – ७३

प्रकाशित: Jul 30, 2020| 19:18 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।