धनगढी- कैलालीमा बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका ८, जनकपुर गाउँका ९ वर्षीय इजीकेल चौधरी मृत फेला परेका हुन्।
यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षीय चक्रबहादुर बिक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात छ।
कैलालीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अुनपमशमशेर जवराले अन्य बेपत्ताको खोजी भइरहेको बताए। बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, बिकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उनले बताए।