मंगलबार, जेठ ५, २०८३

एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौको दोस्रो साता

गत चैतमा मेडिकल काउन्सिलले स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा भदौको दोस्रो साता हुने भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- गत चैतमा मेडिकल काउन्सिलले स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा भदौको दोस्रो साता हुने भएको छ।

National life

चैत ८ मा स्थगित भएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौ ७ देखि १० गतेसम्म गर्र्ने मिति तय भएको काउन्सिलले सूचना जारी गरी जानकारी दिएको छ।

यस पटकको परीक्षा पनि पूर्ण रुपमा कम्प्युटर विधिबाट हुने जनाइएको छ। सूचनाअनुसार ७ गते बीडीएस तथा ८, ९ र १० गते एमबीबीएसको परीक्षा हुनेछ। कोभिड १९ को महामारीकाबीच काउन्सीलले सतर्कता अपनाएर परीक्षा लिने जनाएको छ।

जसअनुसार परीक्षा हलमा सामाजिक दूरी कायम गर्ने, मास्क र स्यानिटाइजर अनिवार्य गर्ने, १००.४ डिग्री फरेनहाइटभन्दा बढी तापक्रम भएकालाई परीक्षामा सहभागी नगराइने जनाएको छ।

यसपटकको परीक्षामा सहभागी हुन नसक्ने परीक्षार्थीले सोही प्रवेशपत्रको प्रयोग गरी अर्को पटकको परीक्षामा सहभागी हुन पाउनेछन्।

परीक्षामा यसअघिकै प्रवेश पत्रले काम गर्ने तर सहभागी हुनेहरुले १८ देखि २३ साउनभित्र प्रवेशपत्रको फोटोकपी काउन्सिललाई पठाउनुपर्ने भनिएको छ।

सो परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भनवमा हुने छ।

प्रकाशित: Jul 30, 2020| 16:01 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्