बिहीबार, साउन २१, २०८३

शिक्षकहरु साउन मसान्तसम्ममा विद्यालय पुगिसक्नुपर्ने

भदौ १ गतेदेखि नयाँ भर्ना सुरु भए पनि पठनपाठन भने कहिलेदेखि हुने निश्चित छैन।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

कोरोना महामारीका कारण कार्यक्षेत्रभन्दा बाहिर रहेका शिक्षकहरु भदौ १ गतेभन्दा अगाडि नैै सम्बन्धित विद्यालयमा पुगिसक्नु पर्ने भएको छ।

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना ख्ला गर्ने निर्णय गरेकोले शिक्षकलाई समयमै विद्यालय पुग्न सूचित गरेको हो।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज (बिहीबार)आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विद्यालयबाट विद्यालयबाट क्वारेन्टिन र आइसोलेसन सेन्टर हटाउने निर्णय गरेको जानकारी दिए।

खाली भइसकेका विद्यालय स्थानीय तहले निर्मलीकरण गरेर पढ्न योग्य बनाउनुपर्ने निर्णय पनि सरकारले गरेको छ।

भदौ १ गतेदेखि नयाँ भर्ना सुरु भए पनि पठनपाठन भने कहिलेदेखि हुने निश्चित छैन।

प्रकाशित: Jul 30, 2020| 15:38 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्