बुधबार, भदौ १०, २०८३

विदेश पठाइदिन्छु भनेर ठग्ने पक्राउ

विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई ठग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१२ का २६ वर्षीय रमेश कमर छन्। उनलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बसुन्धाराबाट पक्राउ गरेको हो।

महाशाखाका अनुसार कमरले चेक रिपब्लिक पठाईदिन्छु भन्दै ११ लाख १३ हजार रुपैयाँ ठगेको उजुरी परेको थियो।

पक्राउ पछि अनुसन्धान गर्दा कमरले थप १५ जनालाई विभिन्न देश पठाइदिन्छु भन्दै थप १८ लाख रुपैयाँ ठगेको खुलेको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए।

कमरलाई थप अनुसन्धानको लागि काठमाडौं प्रहरी परिसर पठाईएको कार्कीले जानकारी दिए।

प्रकाशित: Jul 30, 2020| 15:23 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।