काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेकपाका नेता लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। एमसीसीलाई समर्थन गरेमा ‘टाउको काट्ने’ भन्दै बझाङबाट एक जनाले धम्की दिएको भट्टले बताएका छन्।
बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले भने, ‘अस्ति मलाई एउटा फोन आयो बझाङ जिल्लाबाट एमसीसीको बारेमा। तैंले समर्थन गरिस् भने तेरो टाउको काटिन्छ भन्यो। शब्दै यही छ। अनि मैले भाइ तपाईंले पढ्नुभएको छ ? भनेर सोधें । किन पढ्नुपरो पास नगर्ने भनेपछि नगर्ने, पढ्ने तेरो जिम्मा हो।’
नेटवर्किङ बिजनेसबारेको छलफलमा उनले अहिले नेटवर्किङ व्यवसायमा पनि एमसीसीमा जस्तै मान्छेले बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको बताए।