बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको डरले अभियुक्त घर फर्किने क्रम बढ्यो, १० दिनमा ५३ जना समातिए

कोरोनाको डरले अभियुक्त घर फर्किने क्रम बढ्यो, १० दिनमा ५३ जना समातिए

सुर्खेत– साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णुबहादुर थापा सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ परे । उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी थापालाई जिल्ला अदालत दैलेखले १० वर्ष कैद तोकिएको थियो । उनी लामो समयदेखि फरार थिए ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सुर्खेत– साउन ५ गते दैलेखको दुल्लु नगरपालिका–१० का विष्णुबहादुर थापा सुर्खेतको बाङ्गेसिमलबाट पक्राउ परे । उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी थापालाई जिल्ला अदालत दैलेखले १० वर्ष कैद तोकिएको थियो । उनी लामो समयदेखि फरार थिए ।

साउन ७ गते दैलेख डुङ्गेश्वर गाउँपालिका ३ का टोपबहादुर खत्री वीरेन्द्रनगर १२ चनौटेबाट पक्राउ परेका हुन् । जबरजस्ती करणी मुद्दामा खत्रीलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पनि अदालतको फैसलापछि सुर्खेतमा लुकिछिपी बसेका थिए ।

त्यस्तै साउन ८ गते वीरेन्द्रनगर १ का नवराज शर्मा पक्राउ परे । चेक अनादर मुद्दामा शर्मालाई दुई वर्ष कैद तोकिएको थियो । शर्मा पनि घरमै लुकेका थिए । उल्लेखित घटना केही प्रतिनिधिमात्र हुन् । पछिल्लो समय कर्णाली प्रदेशमा अभियुक्त पक्राउ गर्ने क्रम बढेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार १० दिनको अवधिमा ५३ जना अभियुक्त पक्राउ परेका हुन् । जसमध्ये सल्यानका ५० जना, दैलेखका दुई जना र सुर्खेतका एक जना छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विश्वनाथ बास्तोलाका अनुसार साउन ९ गते कुटपिट मुद्दामा चार जना, नाता कायम र कुटपिट मुद्दामा एक–एक जना गरी ६ जना पक्राउ परेका छन् ।

साउन १० गते सवारी ज्यान मुद्दामा तीन जना, करकाप, सम्बन्ध विच्छेद र विधि मुद्दामा एक–एक जना गरी ६ जना, साउन ११ गते सवारी मुद्दामा दुई जना, सम्बन्धविच्छेद, गाली बेइज्जति, करकाप, जारी मुद्दाका एक–एक जना र चेक अनधर मुद्धामा दुइ जना गरी ८ जना पक्राउ परेका छन् ।

त्यस्तै साउन १२ गते पनि सल्यानका विभिन्न स्थानबाट कर्तव्य ज्यान मुद्दा, सवारी ज्यान मुद्दा, जवरजस्ती करणी मुद्दा, सार्वजनिक मुद्दा, जारी मुद्दा, कुटपिट र सम्बन्ध विच्छेदका एक–एक जना गरी सात जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

बन्यजन्तु चोरी सिकारी मुद्दाका आठ जना, सम्बन्ध विच्छेद मुद्दाका तीन जना, नाता प्रमाणित मुद्दाका एक जना, कर्तव्य मुद्दाका एक जना, सार्वजनिक अपराध मुद्दाका दुई जना, गाली वेइज्जती मुद्दाका एक जना, कुटपिट मुद्दाका एक जना गरी १७ जनालाई पक्राउ गरिएको हो ।

साउन १४ गते सल्यानबाट कुटपिट मुद्दाका पाँच जना र सवारी ज्यान मुद्दाका एक जना गरी ६ जना पक्राउ परेका छन् । उनीहरु बाट कुल ७५ हजार एक सय ३८ रुपैयाँ जरिवानासमेत अशुल गरिएको प्रहरीले जनाएको छ । कोरोना त्रासपछि अभियुक्तहरु गाउँ फर्किएको मौका छोपी अपराध अनुसन्धानमा सक्रियता बढाएको प्रहरीको भनाइ छ ।

प्रकाशित: Jul 30, 2020| 14:41 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।