बुधबार, भदौ १०, २०८३

पर्सा कारागारका १३ जनामा कोरोना संक्रमण

पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

कारागारका २२ जनाको स्वाब संकलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएका जेलर पोखरेलले बताए।

कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि कारागार परिसरमै कैदी र कर्मचारीका लागि छुट्टाछुट्टै आइसोलेशन कक्ष तयार पारेर कारागारकै स्वास्थयकर्मीबाट उपचार सुरु गरेको पोखरेलले जानकारी दिए।

संक्रमित कैदीबन्दीका लागि भित्रै अलग कक्षको व्यवस्था गरिएको उनले बताए।

उपचारमा खटिएका स्वास्थ्यकर्मी दीपकप्रसाद यादवका अनुसार संक्रमण देखिएका कैदीबन्दीमध्ये ७५ वर्षीय एक बृद्धलाई दमको तथा ७० वर्षीय अर्का वृद्धलाई मुटुको समस्या छ।

उनहरुलाई श्वास फेर्न गाह्रो भैरहेको यादवले बताए। यादवका अनुसार १२ वटा ब्लकमा करिव १२ सयकै संख्यामा कैदिबन्दी छन्।

जुन ब्लकमा संक्रमित भेटिए त्यही ब्लकका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिए पनि हालसम्म नभएको उनले बताए।

कर्मचारी, प्रहरी र कैदीबन्दीलाई कोरोना संक्रमण भेटिएपछि कारगार सील गरिएको छ।

प्रकाशित: Jul 30, 2020| 13:58 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।