बुधबार, भदौ १०, २०८३

गण्डकीमा १,४७९ संक्रमितमध्ये १,२३० जना कोरोनामुक्त

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,४७९ पुगेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,४७९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १,४७९ पुगेको हो।

पछिल्लोपटक संक्रमित हुनेमा स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँका तीन जना, नवलपरासी पूर्वका १ जना, लमजुङका तीन जना र कास्कीका १४ जना रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।

उनीहरूको पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएको थियो।

गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार २३० पुगेको छ।

प्रकाशित: Jul 30, 2020| 13:03 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।