बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ नेता पौडेलले भने, अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न

वरिष्ठ नेता पौडेलले भने, अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न

नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व राज्यन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– नेपाली कांग्रेसका महासमिति सदस्य एवम् पूर्व राज्यन्त्री पुष्कर ओझालाई पार्टीबाट निष्कासन गरिएको घटनाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।

उनले यसबाट कांग्रेस अनुशासन समितिको नियतमाथि नै शंका उत्पन्न भएको धारणा सार्वजनिक गरेका हुन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सिटिङ संसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्कर ओझालाई स्पष्ट आधार र कारण बिना बागी उम्मेदवारसँग जोडी विधानको दफा ३४ बमोजिम ५ वर्षका लागि पार्टीवाट निष्कासनको कारबाही गर्नु कांग्रेस केन्द्रीय अनुशासन समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ।’

पौडेलले तनहुँ क्षेत्र नं १ मा बगी उम्मेदवारी दिने व्यक्तिलाई कारबाही नगरिएकोमा पनि आपत्ति जनाएका छन्।

प्रकाशित: Jul 30, 2020| 11:57 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।