बुधबार, भदौ १०, २०८३

दाहालको विचारको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ।

पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष दाहालले व्यक्त गरेका विचार विभिन्न ४२ शीर्षकमा समेटिएका छन्।

प्रज्ञा स्मृति प्रतिष्ठान, नेपालले प्रकाशन गरेको उक्त पुस्तकमा संसदीय राजनीतिबाट सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रूपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वलगायत विषय समावेश छन्।

धर्म निरपेक्षता संस्थागत गर्ने नयाँ संविधानको ‘कोरियोग्राफर’ को भूमिका खेल्दा भोग्नुपरेका उथलपुथलकारी परिघटना पनि समेटिएको पुस्तक ऐतिहासिक दस्तावेज रहेको प्रतिष्ठानले जनाएको छ।

२४० वर्ष लामो राजतन्त्र परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई पुस्तकले उजागर गरेको छ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार, समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताका रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ।

विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रूपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन्।

पुस्तक प्रकाशनका निम्ति सहयोग गर्ने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सदस्यहरुलाई दाहालले धन्यवाद दिएका छन्।

अध्यक्ष दाहालले यस पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, बुद्धिजीवी र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गरेका छन्।
३८५ पृष्ठको पुस्तकको मूल्य ५०० राखिएको छ। पुस्तक देशका विभिन्न सहरका पुस्तक पसलमा उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ।

 

प्रकाशित: Jul 30, 2020| 11:40 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।