बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालिकोटमा बाढीपहिरोबाट ३ दिनमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

कालिकोटमा बाढीपहिरोबाट ३ दिनमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता

सुर्खेत– अविरल वर्षापछि आएको बाढीपहिरोले कालिकोटमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट तीन दिनमा १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना बेपत्ता भएका छन् ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

सुर्खेत– अविरल वर्षापछि आएको बाढीपहिरोले कालिकोटमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट तीन दिनमा १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना बेपत्ता भएका छन् ।

पहिरोले चार वटा घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोशीका अनुसार सोमबार राती रास्कोट वडा नं. १ मा पहिरोले जयबहादुर शाहीको घर बगाउँदा उनीसहित छोरीहरु संगिता, अस्मिता, कौशी र छोरा नविन शाही हालसम्म बेपत्ता छन् । प्रहरीका अनुसार जयबहादुरको एउटा खुुट्टामात्रै भेटिएको छ ।

त्यस्तै मंगलबार नै तीलागुफा नगरपालिका वडा नं. ८ का टाकुल्ला खोलाले बगाउँदा अविसरा शाही पनि बेपत्ता भएकी छिन् । खाँडाचक्र नगरपालिका वडा नं. ५ की शाही छोरीलाई भेटेर घर फर्कंदै गर्दा बाढीमा परी वेपत्ता भएकी हुन् ।

त्यस्तै साउन १२ गते (आइतबार) को खुलालुमा गएको पहिरोमा परी नगरहरिनाथ गाउँपालिका वडा नं. ८ का पारस भण्डारा पनि बेपत्ता भएका छन् । बुधबार दिँउसो गएको महाबै गाउँपालिकामा ७ का तुल महताराको घर पुरिँदा गणेश महतारा वेपत्ता भएका छन् । सोही घटनामा ७ वर्षीया संगीता भण्डारीको मृत्यु भएको छ । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कालिकोटमा हालसम्म १२ जनाको मृत्यु भएको छ । बुधबार साँझ पहिरोले महावै गाउँपालिका–७ का तुल महत्तराको घर भत्किएर दुई जना बालबालिकाको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीका ४ वर्षीया छोरी संगीता भण्डारी र सुर्ज महत्तराको १२ वर्षीय छोरो गणेश महत्तराको मृत्यु भएको हो ।

त्यस्तै मंगलबार राती नरहरिनाथ गाउँपालिका–४ भाटगाउँमा र वडा नं. ७ मा पहिरोले घर परिँदा ९ जनाको मृत्यु भएको हो । भाटगाउँमा पहिरोले घर पुरिँदा बाले बुढा र उनकी श्रीमति मुना बुढाको मृत्यु भएको छ । त्यस्तै वडा नं. ७ बागामा पहिरोले घर पुरिँदा घरमुली गंगे बुढा, उनकी श्रीमति ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलबाटै र घाइते भएकी विमलाको उपचारका क्रममा मृत्य भएको हो । त्यस्तै सोमबार रास्कोट नगपालिका १ चोक्टेबगरमा टेके टमटाको घर बगाउँदा घटनामा सान्नीत्रिवेणी गाउँपालिका–७ की केश्पुरा शाही मृत्यु भएको थियो ।

प्रकाशित: Jul 30, 2020| 10:33 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।