बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा ६ हजारभन्दा बढी घर डुबान, दुई हजार परिवार विस्थापित

कैलालीमा ६ हजारभन्दा बढी घर डुबान, दुई हजार परिवार विस्थापित

दुई दिनदेखिको अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका छन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

कैलाली- दुई दिनदेखिको अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण कैलालीमा ६ हजारभन्दा बढी घर डुबानमा परेका छन्।

जिल्ला प्रशासन कार्यालय, कैलालीले भजनी, टीकापुर नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिकाको ६ हजार ४०५ घर डुबानमा परेको जनाएको छ। जसका कारण दुई हजार परिवार विस्थापित भएका छन्।

जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा सबैभन्दा बढी घर डुबानमा परेका छन्। भजनी नगरपालिकामा दुई हजार एक सय ८०, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा आठ सय २५ घर डुबानमा परेका छन्।

कैलालीका काडा, कान्द्रा, पथरैयालगायत नदीमा आएको बाढीका कारण त्यस क्षेत्रका घर डुबानमा परेको प्रहरीले जनाएको छ।

टीकापुरमा बाढीले ३० घर भत्किएका छन्। डुबानमा परेका परिवारको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

विस्थापित परिवारलाई विद्यालय तथा हुलाकी सडकमा राखिएको छ।

तीन बेपत्ता, तीनको उद्धार

बाढीमा परि तीन जना बेपत्ता छन्। कैलालीको भजनी नगरपालिका–८, खौरपुरका ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र बिक र जनकपुरका ११ वर्षीय स्केल चौधरी बेपत्ता भएको इलाका प्रहरी कार्यालय, भजनीका प्रहरी निरीक्षक जनक धामीले बताए।

पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेको बताइएको छ। उनीहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

बाढीमा बगेका कैलालीका तीनजनाको सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो खोलामा बगेर बेपत्ता भएका भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षीय बलराम चौधरीको उद्धार गरिएको छ। त्यस्तै, सोही वडाकी बिक्की शाही र हेमन्त शाहीलाई पनि प्रहरीले सकुशल उद्धार गरेको छ।

प्रकाशित: Jul 30, 2020| 10:17 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।