बुधबार, भदौ १०, २०८३

कर्णालीमा पानीको बहाव बढ्यो, स्थानीय त्रसित

नदीमा पानीको बहाव बढेसँगै बाजुराको जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

बाजुरा- अविरल वर्षाका कारण खोलामा बाढी र नदीमा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

जिल्लाका केही गाउँ बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका छन् । पूर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा पानीको बहाव बढेको स्वामीकार्तिक गाउँपालिका–४ वाइका वडाध्यक्ष काशीराम कैलाले जानकारी दिए ।

नदीमा पानीको बहाव बढेसँगै जगन्नाथ र स्वामीकार्तिक गाउँपालिका जोड्ने पिलुचौर झोलुङ्गे पुल जोखिममा परेको उनले बताए।

नदीमा पानीको बहाव बढेकाले सचेत र सतर्कता अपनाउन आग्रह गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रसाद भट्टराईले जानकारी दिए । आधा दर्जनौँ पुल जोखिममा परेका बताइएको छ ।

वाई बाँधु , गोत्री साप्पाटा र रुगिन मुगु बाजुरा हुम्ला जोडने पुल जोखिममा रहेका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिए ।

स्थानीयलाई आवतजाजावत गर्न कठिन भएको छ । नदीमा बनाइका पुल वर्षौंदेखि पुराना र जीर्ण बन्दै गएका छन् । नदीमा पानीको बहाव नाप्ने यन्त्र नहुँदा अध्ययन गर्न असहज भएको बताइएको छ ।

कर्णाली नदीमा पानी बढ्दै गएपछि बाजुरा, हुम्ला, कालीकोट अछाम, सुर्खेतका कर्णाली नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो ।

प्रकाशित: Jul 30, 2020| 09:29 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।