बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? दैनिक संक्रमण र मृत्यु अमेरिकाभन्दा ब्राजिलमा बढी

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ? दैनिक संक्रमण र मृत्यु अमेरिकाभन्दा ब्राजिलमा बढी

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ९ सयभन्दा धेरै संक्रमित थपिएका छन् । ६ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- झनै तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ९ सयभन्दा धेरै संक्रमित थपिएका छन् । ६ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमित र मृतक अमेरिकामा भन्दा ब्राजिलमा धेरै देखिएका छन् । ओरिकामा भन्दा संक्रमित साढे ४ हजारभन्दा धेरै र मृतक १ सय ४२ भन्दा बढि ब्राजिलमा थपिएका छन् ।

ब्राजिलमा बुधबार एकै दिनमा ७० हजार ८ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ । अमेरिकामा भने ६६ हजार ३ सय ९६ जना संक्रमित थपिँदा १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा ५२ हजार २ सय ४९ जना संक्रमित थपिएका छन् भने ७ सय ७९ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ११ हजार ३ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा ८ हजार ६ सय ७० जनामा संक्रमण देखिदा ३ सय ८० जनाको मृत्यु भएको छ । मेक्सिकोमा ७ हजार २ सय ८ जना संक्रमित हुँदा ८ सय ५४ जनाको मृत्यु भएको छ ।

रुसमा ५ हजार ४ सय ७५, बंगलादेशमा ३ हजार ९, इरानमा २ हजार ६ सय ३६, स्पेनमा २ हजार ३१, साउदी अरवमा १ हजार ७ सय ५९, चिलीमा १ हजार ७ सय ७५, पाकिस्तानमा १ हजार ६३ जना संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म कोरोनाबाट १ करोड ६९ लाख ५० हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् भने ६ लाख ६४ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 30, 2020| 07:43 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।