बुधबार, भदौ १०, २०८३

भारतमा झनै फैलियो कोरोना, एकै दिनमा ५२ हजार संक्रमित

बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्र गतिमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

यसअघि साउन ११ गते आइतबार भारतमा एकै दिनमा ५० हजार ५ सय २५ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त रेकर्ड तोड्दै पछिल्लो २४ घण्टामा ५२ हजार बढि संक्रमित थपिएका हुन् ।

बुधबार सबैभन्दा बढि आन्द्रप्रदेशमा संक्रमित भेटिएका छन् । जहाँ १० हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै मुम्बइमा ९ हजार २ सय ११, तमिलनाडुमा ६ हजार ४ सय २६, कर्णटकमा ५ हजार ५ सय ३, उत्तर प्रदेशमा ३ हजार ३ सय ८३ जना संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७ सय ७९ जनाको मृत्यु भएको छ । मुम्बइमा मात्रै २ सय ९८ जनाको मृत्यु भएको छ । कर्णाटकमा ९०, आन्द्रप्रदेशमा ६५, पश्चिम बंगालमा ४१, दिल्लीमा २६ जनाको मृत्यु भएको छ ।

त्यहाको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोनाबाट १४ लाख ९७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् भने कोरोनाकै कारण ३४ हजार १ सय ९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 30, 2020| 06:54 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।