बुधबार, भदौ १०, २०८३

विराटनगरमा वायु प्रदूषण मापन मेसिन जडान

प्रदेश नं– १ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

प्रदेश नं– १ को विराटनगरमा पहिलो पटक वायु प्रदूषण मापन गर्न कार्य शुरु गरिएको छ ।

खास गरी वायुमा हुने प्रदूषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी अपनाउन यो वायुप्रदूषण मापन सम्बन्धी डिस्प्ले स्थापना गरिएको छ । विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्ले मापन मेसिन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्थापना गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेसिन धनकुटा, दमक, झुम्का र विराटनगरमा स्थापना गरिएको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिए । उनले देशका २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदूषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गरे।

वायु गुणस्तर शून्यदेखि ५० कणको मात्रा भएको सङ्केत दिएजस्तै डिस्प्लेले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले वर्षातको समय भएकोले वायुमा खासै प्रदूषण नदेखिए पनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ ।

यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधन नचल्नु, धुवाँ प्रदूषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न सक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए।

प्रकाशित: Jul 30, 2020| 05:20 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।