बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङका कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

मोरङका कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या ५२ पुग्यो

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मोरङका पुरुषको आज (बुधबार) मृत्यु भएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विराटनगर- कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मोरङका पुरुषको आज (बुधबार) मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय, मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मोरङ, सुनवर्ती नगरपालिका-८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। यसअघि आजै पर्साका दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

१२ दिनअघि भारतबाट फर्किएर स्थानीय क्वारेन्टिनमा रहेका उनी छातिमा समस्या देखिएपछि हिजो विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्न गएका थिए।

उनलाई सामान्य उपचारपछि त्यहाँबाट कोशी अस्पताल रेफर गरिएको थियो। हिजै कोशी अस्पताल भर्ना भएका उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको र त्यसक्रममा स्वाब संकलन गरिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो।

प्रकाशित: Jul 29, 2020| 20:17 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।