बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिस्चार्ज भएका बिरामीमा कोरोना देखिएपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल

डिस्चार्ज भएका बिरामीमा कोरोना देखिएपछि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल

सुनसरीस्थित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल गरिएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विराटनगर– सुनसरीस्थित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिल गरिएको छ।

प्रतिष्ठानका एक डाक्टरका श्रीमान् र डिस्चार्ज भएर घर गएका एक बिरामीमा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठान सिल गरिएको हो।

प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीका अनुसार लकडाउन प्रतिष्ठानको आवास क्षेत्रमा विशेषगरी केन्द्रित गरिएको छ भने ओपिडी, वार्डलगायत अस्पताल क्षेत्रमा सामाजिक दूरी कायम गर्न कडाइ गरिएको छ।

प्रतिष्ठानका रजिष्टार डा. रेग्मीले बुधबार सूचना जारी गर्दै आवास र छात्रवासमा बस्ने शिक्षक, कर्मचारीका परिवारलगायत विद्यार्थीहरुलाई अत्यावश्यक काममाबाहेक आफ्नो आवासबाहिर नजान निर्देशन दिएका छन्।

प्रतिष्ठानको हाताभित्रको खेल मैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा कारबाही हुने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रतिष्ठान बाहिर वा अन्यत्र स्थान वा जिल्ला जानुपरेमा पूर्वस्वीकृती लिएर मात्र जान भनिएको छ भने पूर्वस्वीकृती नलिएको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

प्रकाशित: Jul 29, 2020| 19:24 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।