बुधबार, भदौ १०, २०८३

प्रदेश १ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटना बढे

प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विराटनगर- प्रदेश १ मा लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको अधिकारकर्मीहरुले बताएका छन्।

हत्या, आत्महत्या, बलात्कार, घरेलु हिंसाका धेरै घटनाहरु भएको मानव अधिकारकर्मीहरुको भनाइ छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ विराटनगरले बुधबार आयोजना गरेको कोभिड–१९ को प्रभाव र मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा मानव अधिकारकर्मीहरुले लकडाउनको अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा वृद्धि भएको बताएका हुन्।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ विराटनगरका निर्देशक मोहनदेव जोशीले लकडाउन हुनु अघिभन्दा लकडाउनको ४ महिनामा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु बढेको बताए।

उनले हत्या, आत्महत्या तथा महिला हिंसाका घटनाहरुमा वृद्धि भएको बताए। कोरोनाका कारण देखाउँदै विराटनगरका अस्पतालले उपचार नगर्दा विरामीको मृत्यु भएको, स्वास्थ्य उपचार नपाएको विषयमा सरकारलाई ध्यानाकर्षण पनि गराएको निर्देशक जोशीले बताए।

महिला मानव अधिकार रक्षक सञ्जाल प्रदेश १ संयोजक तथा मनोपरामर्श दाता मञ्जिता उपाध्यायले लकडाउनमा महिला हिंसाका घटनाहरु बढेको बताइन्। उनले क्वारेन्टिनमा रहेकाहरुलाई मनोपरामर्शको काम प्रदेश सरकारले नगरेको गुनासो गरिन्।

सिविन विराटनगरका प्रमुख बासु अधिकारीले लकडाउनमा बालिका बलात्कारका घटनाहरु बढेको बताए। उनले बालिकाहरु परिवारबाटै पीडित भएका घटनाहरु बढ्दै गएको बताए। एबीसी विराटनगरकी अध्यक्ष विष्णु शर्माले महिला हिंसाका घटनाहरु र आत्महत्याका घटनाहरुमा वृद्धि भएको बताइन्।

कार्यक्रममा इन्सेक प्रदेश १ संयोजक सोमराज थापा, नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष विक्रम लुईटेल, वपरडेक अध्यक्ष सञ्जु साह लगायतले प्रदेश १ को मानव अधिकारको अवस्थाबारे बोलेका थिए।

प्रकाशित: Jul 29, 2020| 19:17 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।