बुधबार, भदौ १०, २०८३

आर्थिक प्रलोभनमा पर्ने चार प्रहरी निलम्बन

बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आर्थिक प्रलोभनमा परेर जिम्मेवारी निर्वाह नगर्ने चारजना प्रहरीलाई निलम्बन गरेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आर्थिक प्रलोभनमा परेर जिम्मेवारी निर्वाह नगर्ने चारजना प्रहरीलाई निलम्बन गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले विज्ञप्ति निकालेर उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए।

बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर र जिल्ला प्रहरी कार्यालय, मकवानपुर तथा चितवनमा कार्यरत चार जना प्रहरी कर्मचारीहरुलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएको थियो।

उनीहरुलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडामा झिकाएर थप छानबिन गर्न भन्दै निलम्बन गरिएको हो।

बाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय, रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्रकुमार मल्ल, इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरमा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतोलाई निलम्बन गरिएको हो।

निलम्बित प्रहरी कर्मचारीबारे थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय, हेटौंडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ।

आफ्नो ड्युटीमा इमान्दारीता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैह्रव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गर्न बाग्मती प्रदेश प्रहरी कार्यालयले अभियान चलाएको हो।

प्रकाशित: Jul 29, 2020| 19:02 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।