बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यी हुन् बैठक माग गर्दै हस्ताक्षर बुझाउने नेकपाका १५२ केन्द्रीय सदस्य

यी हुन् बैठक माग गर्दै हस्ताक्षर बुझाउने नेकपाका १५२ केन्द्रीय सदस्य

सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्दै पार्टीमा हस्ताक्षर बुझाएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक माग गर्दै पार्टीमा हस्ताक्षर बुझाएका छन्।

बैठक माग गर्दै बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।

‘पार्टी महासचिवलाई हस्ताक्षर बुझाउने कार्यक्रम थियो। उहाँलाई खबर पनि गरेका हौं,’ उनले भने, ‘अन्यत्र बैठक भएको भन्दै नआएपछि हामीले कार्यालय सचिवलाई हस्ताक्षर बुझाएका छौं।’

पार्टी एकताका लागि केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने र त्यहाँबाटै पार्टीभित्र देखिएको विवाद समाधान हुनुपर्ने उनीहरूको माग छ।
विधानअनुसार हरेक ६/६ महिनामा नेकपाको केन्द्रीय कमिटी बैठक बस्नुपर्ने प्रावधान छ।

पछिल्लो समय २०७६ माघ १५ देखि १९ गतेसम्म केन्द्रीय कमिटीको बैठक बसेको थियो।

जारी स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि चर्किएको विवादकै बीच केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने भन्दै हस्ताक्षर बुझाइएको हो।

नेकपाको कुनै पनि कमिटीका २५ प्रतिशतले माग गरेमा बैठक राख्नुपर्ने अन्तरिम विधानमा व्यवस्था छ। नेकपा केन्द्रीय कमिटी ४४१ सदस्यीय छ।

असार १० गतेदेखि सुरु भएको नेकपाको स्थायी कमिटीको बैठक असार १६ गतेदेखि पटक–पटक अवरुद्ध हुँदै आएको छ।

मंगलबार डाकिएको बैठक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओलीले एकलौटी रुपमा स्थगित गरेपछि नेकपाभित्रको विवाद झनै चर्किएको छ।

ओलीले बैठक स्थगित गरेपछि आक्रोशित बनेको दाहाल–नेपाल समूहले बालुवाटारमै छुट्टै छलफल गरेको थियो। छलफलले विवाद समाधानका लागि ओलीसँग संवाद गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको थियो।

हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरू

प्रकाशित: Jul 29, 2020| 18:22 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।