बुधबार, भदौ १०, २०८३

वीरगन्जमा दुई जना कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षिय पुरुष र गण्डक अस्पतालमा उपचाररत ६८ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।

६८ वर्षिय पुरुष मुटुको समस्या भएपछि साउन ८ गते गण्डक अस्पतालमा भर्ना भएका थिए । त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान १० बजे मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षिय पुरुषलाई झाडापखालाको समस्या थियो । उनको कोरोना परीक्षण गर्न पठाइएकोमा मृत्युपछि रिपोर्ट पोजेटिभ आएको डा. उपाध्यायले जानकारी दिए । डा. उपाध्यायका अनुसार उनी मिर्गौला रोगी समेत थिए ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

प्रकाशित: Jul 29, 2020| 18:18 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।