बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बस्तीमा बाढी पस्दा कैलालीमा चार बेपत्ता, सयौं घर डुबानमा

बस्तीमा बाढी पस्दा कैलालीमा चार बेपत्ता, सयौं घर डुबानमा

कैलालीको भजनी–त्रिशक्ति नगरपालिकामा डुबानमा परी चार जना बेपत्ता भएका छन्।
 |  बुधबार, साउन १४, २०७७

भीम चौधरी

भीम चौधरी

बुधबार, साउन १४, २०७७

धनगढी– कैलालीको भजनी–त्रिशक्ति नगरपालिकामा डुबानमा परी चार जना बेपत्ता भएका छन्।

मंगलबारदेखि परेको अविरल वर्षापछि आएको बाढी बस्तीमा पसेपछि सयौं घर डुबानमा परेका छन्।

इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीका अनुसार बाढीमा बेपत्ता हुनेमा ११ वर्षीय स्केल चौधरीसहित चार जना छन्।

बेपत्ता भएका अन्यको पहिचान हुन सकेको छैन।

प्रहरी निरीक्षक धामीले भने, ‘थप दुई जनासमेत बपत्ता रहेकोमा उनीहरुको सकुशल उद्धार गरिएको छ।’ बेपत्ता सबैको खोजी भइरहेको उनले बताए। कान्द्रा, काडा र पथरैया नदीको पानी भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्तीमा पसेको हो।

प्रकाशित: Jul 29, 2020| 16:39 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।