काठमाडौं– कोरोना संक्रमित भएकामध्ये बुधबारसम्म १४ हजार २१ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ७२.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १४६ जना कोरोनामुक्त भएका छन्। बुधबारसम्म प्रदेश १ बाट ७८९, प्रदेश २ बाट तीन हजार १८ र बागमती प्रदेशबाट ५१८ जना कोरोनामुक्त भएका छन्।
यस्तै गण्डकीबाट एक हजार २२७, प्रदेश ५ बाट ३ हजार ९१०, कर्णालीबाट एक हजार ६८६ र सुदूरपश्चिमबाट दुई हजार ८७३ कोरानामुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ।