बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा थप ५७ जनामा कोरोना, संक्रमितको संख्या ४,३८४ पुग्यो

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना, संक्रमितको संख्या ४,३८४ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा दुई सय जनाको परीक्षणमा डोटीका ३७ जना, कैलाली र कञ्चनपुरका आठ/आठ जना र डडेल्धुराका चार जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा भएको परीक्षणमा सबैभन्दा बढी डोटीको आदर्श गाउँपालिकमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तिनमा १४ महिला र २३ पुरुष छन् भने एक वर्षमुनिका चारजना शिशु रहेको श्रेष्ठले बताए।

कैलालीको भजनी नगरपालिकाका तीन पूरुष र दुई महिला छन्। बर्दगोरीया गाउँपालिकाका दुई पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिकाका चार पुरुष र एक महिला तथा बेलौरी नगरपालिकाका दुई पुरुष र एक महिला र डडेल्धुराको परशुराम नगरपालिकाका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएका दुई हजार आठ सय ७३ जना डिस्चार्ज भइसकेका छन् भने नौ जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 29, 2020| 16:03 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।