बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशमा ३२ हजारभन्दा बढीको पीसीआर परीक्षण

सुदूरपश्चिम प्रदेशमा ३२ हजारभन्दा बढीको पीसीआर परीक्षण

धनगढी– सुदूरपश्चिम प्रदेशमा पीसीआर प्रविधिबाट ३२ हजार दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा चार हजार एक सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। हिजोसम्म २८ सय ७३ जना कोभिड–१९ का बिरामी निको भएर घर गएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशमा पीसीआर प्रविधिबाट ३२ हजार दुई सय ६२ जनाको कोरोना परीक्षण गरिएको छ। जसमा चार हजार एक सय ८३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। हिजोसम्म २८ सय ७३ जना कोभिड–१९ का बिरामी निको भएर घर गएका छन्।

३५ हजार दुई सय ७४ जनाको थ्रोट स्वाब नमूना संकलन गरिएको छ। हिजोसम्म तीन हजार १२ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुन बाँकी छ। धनगढीस्थित सेती प्रयोगशालामा १६९५८ जनाको नमुना संकलन गरिएकोमा १६ हजार एक सय ९३ जनाको कोरोना परीक्षण गर्न बाँकी छ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १५ हजार सात सय ४३ जनाको नमुना संकलन भएकोमा १३ हजार ६ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ भने दुई हजार ५७ जनाको परीक्षण हुन बाँकी छ। यस्तैगरी, डडेल्धुरा अस्पताल प्रयोगशालामा दुई हजार तीन सय ८९ जनाको नमुना संकलन गरिएकोमा दुई हजार एक सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ भने एक सय ९० जनाको रिपोर्ट आउन बाँकी छ।

सुदूरपश्चिममा हालसम्म एक लाख २४ हजार ५१ ज्नाको आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिएको छ। सो मध्ये दश हजार एक सय दश जनाको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेशमा विशेषगरी भारत र तेश्रो मुलुकबाट आएका व्यक्तिहरुको पीसीआर र आरडिटी प्रविधिबाट कोरोना परीक्षण गरिरहेको छ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ। प्रदेशको अछामको एक जना, बझाङ र बाजुराको दुई–दुई जना, कैलालीको चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कैलालीका एक जनाको चितवनमा मृत्यु भएको हो भने बझाङका एक जनाले आत्महत्या गरेका थिए।

सुदूरपश्चिममा हिजोसम्म एक हजार तीन सय एक जना एक्टिभ केस छन्। सबैभन्दा बढी कैलालीमा पाँच सय ७६ एक्टिभ केस छन्। बाजुरामा दुई सय ७७, डोटीमा एक सय २८, अछाममा एक सय २६, बझाङमा ८८, कञ्चनपुरमा ६५, डडेल्धुरामा २८ तथा बैतडी र दार्चुलामा आठ–आठ जना एक्टिभ केस छन्।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा १०९३, अछाममा ६६७, डोटीमा ६६३, कञ्चनपुरमा ५१४, बाजुरामा ४४९, बैतडीमा ३०७, डडेल्धुरा २९५, बझाङ १७४ र दार्चुलामा २१ जना कोरोना संक्रमित भेटिएका छन्।

सुदूरपश्चिम प्रदेशमा एक हजार तीन सय एक जना कोरोनाका संक्रिय संंक्रमित रहेकोमा ५३ जना प्रदेशका विभिन्न अस्पतालको आईशोलेसनमा उपचार गराइरहेका छने भने अन्य विभिन्न स्थानीय तहका आइशोलेसनमा छन्।

कोरोना परीक्षण प्रयोशाला स्थापनामा ढिलाइ

सुदूरपश्चिम प्रदेशमा तीन वटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न ढिलाइ भएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना परीक्षणको दायरा बढाउनका लागि तीन वटा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको चार महिना पुगे पनि कार्यान्वयन हुन सकेको छैन।

प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रयोगशालाका लागि आवश्यक उपकरण खरिद गरेपनि जडान गर्न सकेको छैन। प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले चैत १५ गते सेती प्रादेशिक अस्पतालसँगै डोटी जिल्ला अस्पताल र बैतडी जिल्ला अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो।

तर, अस्पतालहरुमा अहिलेसम्म आवश्यक भौतिक संरचना नै तयार पारिएको छैन। प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण नै नपाएको जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर ज्योती पाण्डेले बताए। डाक्टर पाण्डेले ल्यावका लागि भौतिक संरचना निर्माण गरिरहेको बताए।

सेती प्रादेशिक अस्पतालले स्वास्थ्य कार्यालयको भवनको माथिल्लो तलामा प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माण गरिरहेको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। ‘भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको छ सूचना अधिकारी श्रेष्ठले भने, ‘प्रदेश सरकारले प्रयोगशालाका सामाग्री भने उपलब्ध गराएको छैन।’

धनगढीमा संघीय सरकारले स्थापना गरेको प्रयोगशाला र डडेल्धुरामा जनस्तरबाट रकम संकलन गरी स्थापना गरिएको प्रयोगशाला मार्फत अहिले कोरोना परीक्षण हुँदै आएको छ।

तीन वटा प्रयोगशाला स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले चार करोड ५० लाख खर्च लाग्ने अनुमान गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले प्रयोगशालाका लागि आवश्यक उपकरणहरु सबै आएको बताइन्। ‘उपकरणहरु आएका छन्। अस्पतालहरुले भौतिक संरचना निर्माणको काम नसकेकाले समय लागेको हो,’ उनले भनिन्।

सुदूरपश्चिममा रित्तिँदै क्वारेन्टिन

भारतबाट फर्किने क्रम घटेसँगै सुदूरपश्चिम प्रदेशमा स्थापना गरिएका क्वारेन्टिन रित्तिन थालेका छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार साँझ सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशमा चार हजार दुई सय ८७ जना मात्रै क्वारेन्टिनमा छन्। जेठ र असार महिनामा मात्रै सुदूरपश्चिमका विभिन्न क्वारेन्टिनबाट झण्डै डेढ लाख नागरिकलाई घर पठाइएको थियो।

अहिले सबैभन्दा बढी डोटीमा एक हजार चार सय दुई जना क्वारेन्टिनमा छन्। बझाङमा ६ सय ६९, अछाममा ६ सय १८, कञ्चनपुरका ५ सय ८१ र कैलालीमा तीन सय ३७ जनालाई क्वारेन्टिनमा राखिएको छ। बैतडीमा दुई सय ८९, दार्चुलामा दुई सय ८, डडेल्धुरामा एक सय १० र बाजुरामा ६८ जनालाई क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनायले जनाएको छ।

निर्देशनालयका अनुसार सुदूरपश्चिममा ५६ हजार बढी अटाउने एक हजार चार सय ३१ वटा क्वारेन्टिन बनाइएको छ। क्वारेन्टिन खाली भएपछि अहिले अधिकांश क्वारेन्टिनमा संक्रमितलाइ राखिएको छ।

यस्तै स्वास्थ्य निर्देशनालय राजपुर डोटीले विभिन्न जिल्ला तथा भारतबाट आएकाहरुलाई अनिवार्य संस्थागत क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ। आइतबार निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टिनमा नपठाई संस्थागत क्वारेन्टिनमा राख्न भनेको छ।

निर्देशनालयले प्रदेशका केही स्थानीय तहले बाहिरबाट आएकाहरुलाई संस्थागत क्वारेन्टिनमा नराखी सिधै होम क्वारेन्टिनमा राख्ने गरेको सूचना प्राप्त भएका बताउँदै त्यसो नगर्न आग्रह गरेको छ। होम क्वारेन्टिनबाट समुदायमा कोरोना संक्रमण फैलिन सक्ने सम्भावना रहेको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।

तसर्थ स्थानीय तहमा भित्रिएकाहरुलाई क्वारेन्टिनमा राखी छैटौं दिनमा सबैको स्वाब संकलन गरेर कोरोना जाँचका लागि धनगढी अथवा डडेल्धुरा प्रयोगशालामा पठाउन निर्देशन दिएको उनले बताए।

यस्तै उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आए अनिवार्य १४ दिन क्वारेन्टिन अथवा आइसोलेनमा बसाउने र नेगेटिभ आए थप ७ दिन होम क्वारेन्टिनमा बसाउने व्यवस्था मिलाउन समेत स्वास्थ्य निर्देशनालयले सबै स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले लक्षण नदेखिएका संक्रमितलाई स्थानीय तहकै क्वारेन्टिनमा राखिएको जानकारी दिए। उनका अनुसार विगतमा स्थापना गरिएका क्वारेन्टिनलाई नै अहिले आइसोलेसनमा परिणत गरिएको हो।

प्रकाशित: Jul 29, 2020| 15:58 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।