बुधबार, भदौ १०, २०८३

प्रदेश १ : कोरोना संक्रमितको संख्या ९७५ पुग्यो

प्रदेश १ मा बुधबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

विराटनगर– प्रदेश १ मा बुधबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मोरङमा आठ र सुनसरीमा एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा तीन पुरुष, एक महिला, मिक्लाजुङमा दुई पुरुष, सुनबर्षीमा एक पुरुष, रंगेलीमा एक महिला र सुनसरीको धरानमा एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए।

योसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ।

बुधबार ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताए।

प्रकाशित: Jul 29, 2020| 15:48 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।