बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली सुन बरामदको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

नक्कली सुन बरामदको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मंगलबार राजधानीको कमलादीबाट आधा किलो सुन र पेस्तोल बरामद भएको घटनामा प्रहरीमाथि नै प्रश्न उठेपछि छानबिन समिति गठन गरेको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।

नक्कली सुनसहित हतियार भएको झोला फ्याँकेर गाडी उम्किएको थियो। कमलादी क्षेत्रमै दिउँसै कसरी गाडी उम्कियो भन्ने विषयमा प्रहरीको अपरेसन नै कमजोर भएको टिप्पणी भएपछि छानबिन समिति गठन भएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गठन गरेको छानबिन समितिमा एसएसपी किरण बज्राचार्य, परिसरका एसपी सोमेन्द्रसिंह राठोर, डिएसपी राजकुमार केसी र अपराध महाशाखाकै डिएसपी दुर्गा दाहाल रहेका छन्।

मंगलबार बिहान प्रहरीले कमलादीबाट १५ किलो सुन बरामद भएको भन्दै सूचना चुहाए पनि चेकजाँचका क्रममा पछि आधा किलोमात्रै सुन र बाँकी चाँदी भएको पुष्टि भएको थियो।

प्रकाशित: Jul 29, 2020| 14:49 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।