बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान, आज महासचिवलाई बुझाउँदै

बैठक माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान, आज महासचिवलाई बुझाउँदै

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद कायमै रहेका बेला केन्द्रीय कमिटीका २५ प्रतिशत सदस्यहरुले बैठक राख्नुपर्ने माग अघि सारिरहेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद कायमै रहेका बेला केन्द्रीय कमिटीका २५ प्रतिशत सदस्यहरुले बैठक राख्नुपर्ने माग अघि सारिरहेका छन्।

नेकपाको स्थायी कमिटी बैठकपश्चात् देखिएको विवादकै बीच केन्द्रीय सदस्यहरुले केही दिन पार्टी कार्यालय धुम्बाराहीमा धर्ना पनि दिएका थिए।
२५ प्रतिशत केन्द्रीय सदस्यहरुले हस्ताक्षर नै संकलन गरेका हुन्।

सोही हस्ताक्षरसहित आज दिउँसो ४ बजे पार्टी महासचिव विष्णु पौडेललाई बैठक राख्न माग सहितको हस्ताक्षर बुझाउन लागिएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकले पार्टीभित्रको विवाद चुलिएपछि केन्द्रीय समिति बैठकको पनि माग उठेको हो।

नेकपाको विधानको धारा ५९(४) अनुसार कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र र मातहत कमिटीको बैठक १५ दिनभित्र बोलाउनुपर्ने उल्लेख छ।

सत्तारुढ दल नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ। यसअघि नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ देखि १९ गतेसम्म काठमाडौंमा बसेको थियो। केन्द्रीय कमिटी बैठक ६–६ महिना बस्नुपर्ने भए पनि बस्न सकेको छैन।

प्रकाशित: Jul 29, 2020| 14:41 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।