बुधबार, भदौ १०, २०८३

'इनफ इज इनफ' का पाँच अभियन्ता पक्राउ, हिरासतमै अनशन

कोरोना संक्रमण जोखिम न्यूनीकरण र नियन्त्रणमा सरकार असफल हुँदै गएपछि खबरदारी गर्न अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानका पाँच अभियन्ता पक्राउ परेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– कोरोना संक्रमण जोखिम न्यूनीकरण र नियन्त्रणमा सरकार असफल हुँदै गएकाे भन्दै खबरदारी गर्न अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानका पाँच अभियन्ता पक्राउ परेका छन्।

सूचनाको हक मा गर्दै गृह मन्त्रालयमा दिवेदन दर्ता गर्न गएका अभियानका पाँच जना पक्राउ परेको अभियन्ता आलोक सुवेदीले बताए। प्रहरीले पक्राउ गरी उनीहरूलाई नेपाल पुलिस क्लबमा राखेको छ। उनीहरूले हिरासतमै अनशन बस्ने घोषणा गरेका छन्।

अभियन्ता ईः र समायिरा विगत ११ दिनदेखि राजधानीको वसन्तपुर डबलीमा अनशनमा छन्। कोरोना परीक्षणको दायरा बढाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्नेलगायतका माग उनीहरूको छ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरण र नियन्त्रणका लागि भएको खर्चको विवरण माग गर्दै उनीहरू गृह मन्त्रालय पुगेका थिए।

प्रधानमन्त्री केपी ओलीले अभियन्तासँग भेट गरी उनीहरूको माग पूरा गर्ने आश्वासन दिए पनि त्यसलाई कार्यान्वयन नगरेपछि अभियन्ताले दोस्रो चरणको सत्याग्रह जारी राखेका छन्।

अभियानप्रति नागरिक समाजका अगुवा र केही राजनीतिक दलका ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित: Jul 29, 2020| 14:08 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।