बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेडक्वार्टरका थप ४ प्रहरीमा कोरोना, देशभर २०६ संक्रमित

हेडक्वार्टरका थप ४ प्रहरीमा कोरोना, देशभर २०६ संक्रमित

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै प्रधान कार्यालयमा मात्रै संक्रमितको संख्या ३५ पुगेको छ भने देशभर २ सय ६ प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौँ- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै प्रधान कार्यालयमा मात्रै संक्रमितको संख्या ३५ पुगेको छ भने देशभर २ सय ६ प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको केन्द्रीय प्रहरी प्रवत्ता डीआइजी निरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार संक्रमितहरुलाई बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ ।

संक्रमितहरु चालक र सञ्चारमा कार्यरतहरु रहेको डीआइजी शाहीले बताए । आइतबार, सोमबार र मंगल ३१ जनामा संक्रमण देखिएको थियो ।

संक्रमितको संख्या बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरु त्रसित बनेका छन् । बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ भने अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै प्रवेश गर्न दिइएको छ ।

 

प्रकाशित: Jul 29, 2020| 13:23 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।