बुधबार, भदौ १०, २०८३

लागूऔषध आइससहित विराटनगरबाट एक कारोबारी पक्राउ

नेपालमा विरलै पाइने महँगो लागूऔषध मेथएम्फेटामाइन (आइस) सहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपालमा विरलै पाइने महँगो लागूऔषध मेथएम्फेटामाइन (आइस) सहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले लागूऔषध कारोबारी राप्रसाद पोखरेललाई पक्राउ गरेको हो।

उनको साथबाट ५३०.९३ ग्राम आइस बरामद भएको छ। प्रहरीका अनुसार लागूऔषध कारोबारीले अन्तर्राष्ट्रिय बजारमा आइसलाई प्रतिग्राम ८० डलरमा किनबेच गर्दै आएका छन्।

पोखरेलबाट बरामद आइसको मूल्य करिब ५१ लाख रुपैयाँ बराबरको रहेको ब्युरोले जनाएको छ।

लामो समयदेखि निगरानी रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ।

विराटनगर महानगरपालिका–२ बरगाछीचोकको सडकमा चेक गर्दा को.३७ प.८३१६ नम्बरको मोटरसाइकलमा यात्रा गरी रहेका पोखरेल पक्राउ परेका हुन्। उनी सुन्दरहरेँचा नगरपालिका–८ का हुन्।

‘निजको शरीर, सवारीसाधन जाँच तथा खानतलासी गर्दा कालो झोलाभित्र राखिएको आइस भेटिएको हो,’ ब्युरो प्रमुख एसएसपी दिलीपकुमार चौधरीले भने, ‘त्यस सम्बन्धमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको छ।’

प्रकाशित: Jul 29, 2020| 12:48 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।