बुधबार, भदौ १०, २०८३

कालीकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु

कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र वडा नम्बर ७ को बाँगामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु भएको हो।

बाँगामा पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुर्दा उनीसहित ६१ वर्षीया पत्नी नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको कालीकोटका डीएसपी श्याम ओलियाले जानकारी दिए।

उनका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो। एकजनाको उपचारका क्रममा मृत्यु भएको हो।

गोदीमा पनि पहिराेमा पुरिएर दुईजनाको ज्यान गएकाे छ। ६५ वर्षीय बाले बुढा र उनकी ६५ वर्षीया पत्नीको मृत्यु भएको छ।

सदरमुकाम र आसपास क्षेत्रबाट खटिएका सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। घटनास्थल सदरमुकाम मान्मादेखि १८ कोस टाढा पर्छ।

प्रकाशित: Jul 29, 2020| 12:20 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।