काठमाडौं- सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ पुगेको हो ।
सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढि हो । यसअघि मंगलबार तोलाको ९८ हजार २ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस ८ डलरले बढेपछि नेपालमा पनि मूल्य बढाइएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १९ सय ५२ डलरमा कारोबार भएको छ । एक औंसमा दुई तोला साढे ६६ लाल सुन हुन्छ ।
चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको छ ।