बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिराेको जोखिमपछि चन्द्रागिरिका तीन घर सुरक्षित स्थानमा सारियो

पहिराेको जोखिमपछि चन्द्रागिरिका तीन घर सुरक्षित स्थानमा सारियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराेले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराेले जोखिम पुर्‍याएपछि सुरक्षित स्थानमा सारिएको छ।

केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटीगाउँमा तीन घरलाई पहिराेको जोखिम बढाएपछि ती घर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराेको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।

बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पुर्‍याएपछि स्थानान्तरण गरिएको हो। सेनाको टोलीले तीनै घरको खाद्यान्न लत्ताकपडा झिकेर सुरक्षित स्थानमा सारेको छ।

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले पहिराको जोखिममा परेका परिवारलाई अस्थायी रुपमा बस्नका लागि त्रिपाल राखेर घर बनाइएको जानकारी दिए।

पछिल्लो समय नगरपालिकाले विपद्बाट हुने सम्भावित घटना रोक्न विपद् व्यवस्थापनको क्षेत्रमा यथेष्ट रकम विनियोजन गरी काम गर्दै आइरहेको छ। -रासस

प्रकाशित: Jul 29, 2020| 12:15 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।