बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस पार्टी कार्यालयमै बोलायो पौडेल पक्षले भेला

कांग्रेस पार्टी कार्यालयमै बोलायो पौडेल पक्षले भेला

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्।

आज (बुधबार) दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन्। उनी निकट एक केन्द्रीय सदस्यले समसामयिक विषयमा छलफल गर्न भेला बोलाइएको जानकारी दिए।

‘दिउँसो २ बजे भेला भनेर खबर आएको छ,’ उनले भने, ‘पार्टीको महाधिवेशन लगायतका विषयमा नै छलफल हुन्छ होला।’ पौडेलले नै सबै केन्द्रीय सदस्यहरुलाई खबर गरेर डाकेका हुन्।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवाले विभिन्न विभाग र संरचना विस्तार गरेपछि पौडेल पक्ष रुष्ट बनेको छ।

सोमबार साँझ उपत्यकामा उपलब्ध जिल्ला सभापतिहरुको भेलाले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि गठन गरिएका विभाग र संरचना खारेज हुनुपर्ने माग गरेका थिए।

 

प्रकाशित: Jul 29, 2020| 12:00 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।