बुधबार, भदौ १०, २०८३

दाङमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु

 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

दाङ– दाङकाे बङ्गलाचुली गाउँपालिका–५ साकिनेमा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्युु भएकाे छ। 

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा बङ्गलाचुली-५ साकिनेकी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार बिहान ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। घरमा परिवारका अन्य सदस्य रहे पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य सकुशल छन्। 

प्रकाशित: Jul 29, 2020| 09:36 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।