बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा सेना, प्रहरी र कैदीसहित थप ३४ मा काेराेना पुष्टि

वीरगन्जमा सेना, प्रहरी र कैदीसहित थप ३४ मा काेराेना पुष्टि

पर्साको वीरगन्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

वीरगन्ज- पर्सामा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २ देखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

संक्रमितमध्ये पाँच बालबालिका, १० महिला र १९ पुरुष छन्।

नेपाली सेनाका एक, नेपाल प्रहरीका तीन, कैदीबन्दी ६, कारागारका कर्मचारी दुई, स्वास्थ्यकर्मी एक र आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका एक जनामा कोरोना संक्रमण देखिएको डा‍. उपाध्यायले बताए।

संक्रमितमध्ये २० जना वीरगन्जकै छन्। वीरगन्ज महानगरपालिकाका वडा नं ४, ५, ९, ११ श्रीपुर, आदर्शनगर, बेल्वा, भिस्वा, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो 

वीरगन्जमा समुदाय स्तरमा संक्रमण फैलिएको भन्दै स्थानीय चिन्तित भएका छन्। यसअघि नै ४८ जना संक्रमितले अस्पतालमा शय्या खाली नभएपछि भर्ना पाएका छैनन्।

प्रकाशित: Jul 29, 2020| 09:13 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।