बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

कोरोनाबाट २४ घण्टामा कुन देशमा संक्रमित र मृत्यु कति ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४७ हजार ५ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ५ सय ६६ जनाको मृत्यु भएको छ ।

तिब्र रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा संक्रमित थपिएका छन् । जहाँ ६४ हजार ७ सय ९ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ४४ जनाको मृत्यु भएको छ ।

भारतमा ४९ हजार ६ सय ३२ जना संक्रमित थपिएका छन् भने ७ सय ७६ जनाको मृत्यु भएको छ । ब्राजिलमा ४१ हजार १ सय ६९ जना संक्रमित थपिदा ९ सय ५५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोलम्बियामा १० हजार २ सय ८४ जनामा संक्रमण देखिएको छ भने २ सय ९७ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा ७ हजार २ सय ३२ जनामा संक्रमण पुष्टि हुँदा १ सय ९० जनाको मृत्यु भएको छ ।

त्यस्तै अर्जेन्टिनामा ५ हजार ९ सय ३९, रुसमा ५ हजार ३ सय ९५, पेरुमा ५ हजार २ सय ८८, मेक्सिकोमा ४ हजार ९ सय ७३, बंगलादेशमा २ हजार ९ सय ६०, पकिस्तानमा ९ सय ३६ जनामा संक्रमित थपिएका छन् ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ३ सय ११ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएकोछ । अहिलेसम्म नेपालमा कोरोनाबाट १९ हजार ६३ जनामा संक्रमण पुष्टि हुँदा ४९ जनाको मृत्यु भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोनाबाट अहिलेसम्म १ करोड ६६ लाख ६४ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन् । ६ लाख ५८ हजार ९ सय १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jul 29, 2020| 07:54 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।