बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • च्याउ खाँदा बिरामी परेका एकै परिवारका तीन जनाको मृत्यु

च्याउ खाँदा बिरामी परेका एकै परिवारका तीन जनाको मृत्यु

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।
 |  मंगलबार, साउन १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १३, २०७७

च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका तीन जनाको आज मृत्यु भएको छ । यसअघि सोमबार गाउँमै एक जनाको मृत्यु भएको थियो ।

गत साउन ९ गते जङ्गलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना बिरामी परेका थिए । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो । बिरामी परेका एकजनाको अवस्था गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा पौडेलले बताए।

“ढिलो गरी अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेको रहेछ जति कोसिस गर्दा पनि बचाउन सकिएन”, डा पौडेलले भने, “विषले शरीर विषाक्त बनाइसकेको थियो ।”

उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो । घरमूली ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय छोरा ललित, ३० वर्षीय बुहारी कल्पना, छोरी पशुपतिको सुर्खेतमै उपचार भइरहेको छ । गाउँपालिकाले निजी खर्चमा हेलिकप्टर चार्टर गरेर बिरामीको उद्धार गरेर सुर्खेत पुर्याएको हो ।

वडा नं १ मा स्वास्थ्यचौकी नहुँदा निजी औषधि पसलमा लिएर उपचार गर्दा बिरामीले उपचार पाएका थिएनन् । बिरामी भएको तीन दिनपछि मात्र उपचारका लागि हेलिकप्टरमा उद्धार गरिएको थियो ।
रासस

प्रकाशित: Jul 28, 2020| 19:40 मंगलबार, साउन १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।