भैरहवा– रुपन्देहीमा ३०१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।
जिल्ला प्रशासन कार्यलय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार ०७७ साउन १२ गतेसम्म रुपन्देहीमा ३२७ जना संक्रमित पुष्टि भएका बिरामी थिए।
तीमध्ये ३०१ जना निको भएर घर फर्किएका छन्। बाँकी २६ जनाको उपचार भइरहेको छ।
जिल्लामा हालसम्म क्वारेन्टिनमा बस्नेको संख्या आठ हजार छ सय ९६ छ।
क्वारेन्टिनबाट घर फर्कनेमा आठ हजार चार सय ८७ जना छन्।
जिल्लाका विभिन्न क्वारेन्टिनमा १४ जना महिला र १९५ जना पुरुष छन्।
आइसोलेसनमा रहेका ३७० मध्ये ३४० जना डिस्चार्ज भएको र बाँकी २६ जना आइसोलेसनमा छन्।
२६ जनामध्ये बुटवल धागो कारखाना ५, एन्फा एकेडेमी १५, शंकरनगर स्वास्थ्य चौकी ६ जना छन्।
रूपन्देहीमा अहिलेसम्म ३ हजार ५ सय ३८ जनाको स्वाब संकलन गरिएको छ। यस्तै जिल्लामा लकडाउन अवधिमा भारतबाट फर्किएका नेपालीको संख्या २८ हजार ६ सय १२ जना छ भने नेपालबाट भारत गएका भारतीयको संख्या २९ हजार १ सय ८१ छ।