बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काबुल ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको अमेरिकाद्वारा स्वीकार

काबुल ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको अमेरिकाद्वारा स्वीकार

संयुक्त राज्य अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको स्वीकार गरेको छ।
 |  शनिबार, असोज २, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज २, २०७८

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले काबुलमा गरेको ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको स्वीकार गरेको छ। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्नुभन्दा केही दिनअघि काबुलमा गरेको ड्रोन आक्रमणमा सर्वसाधारण पनि मारिएको अमेरिकाले स्वीकार गरेको हो। 

Kumaribank

अमेरिकाको केन्द्रीय अनुसन्धान कमाण्डले २९ अगस्तमा भएको ड्रोन आक्रमणमा केही सहयोगीहरु र एकै परिवारका सात बालबालिकासहित नौजना मारिएको बताएको छ। 

उक्त आक्रमणमा मारिनेमा सबैभन्दा कम उमेरकी दुई वर्षीया बालिका सुमाया पनि रहेको जनाइएको छ। 

काबुल विमानस्थलमा आईएसआईएस-के गरेको हमलापछि अमेरिकाले ड्रोन आक्रमण गरेको हो। उक्त ड्रोन आक्रमण २० वर्ष लामो समयमा अफगानिस्तानमा अमेरिकाले गरेको अन्तिम आक्रमण हो। 

अमेरिकी सेनाले करिब आठ घण्टासम्म उक्त सहयोगी कामदार बोकेको गाडीलाई पछ्याएको बताएको छ। उक्त गाडीमा आईए-केका लडाकू भएको भन्‍ने सूचनाका आधारमा उक्त कारलाई पछ्याएपछि आक्रमण गरेको अमेरिकी खुफीया एजेन्सीले जनाएको छ । 

Metro Mart


प्रकाशित: Sep 18, 2021| 22:10 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।