काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ४० वर्ष पार्टीमा योगदान दिएका नेतालाई कारबाही गरिनु गलत भएको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै कोइरालाले सबैलाई माफी दिएर अगाडि बढ्नुपर्ने बताएका हुन्।
‘महाधिवेशनको संघारमा सबैलाई एकजुट बनाएर सभापति अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘जे निर्णय भयो, त्यो राम्रो भएन।’
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबारको बैठकले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई पार्टीबाट निष्कासन गरेको थियो।